सरकारी लगानीका तीन वाणिज्य बैंक मर्जरमा जाँदा उपयुक्त: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने आशय व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताएका हुन् ।

बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको भएपनि बैंकहरु आफैंले व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको उनले बताए । उनले सकारी बैंकहरुले उक्त आवश्यकता महसुस गर्न ढिलो गरिहरेको त छैनन् भन्दै उनले प्रश्न गरे ।

व्यावसायिक आवश्यकता महसुस गरेर सकारको लगानी भएका बैंकहरु छलफल गरेर अगाडि बढ्दा उपयुक्त हुन्छ,’ उनले भने, ‘यदि मर्जरको आवश्यकता महसुस गर्नुहुन्छ भने राष्ट्रिय वाणिज्य बैंकहरुबीच छलफल गरी अगाडि बढ्दा उपयुक्त हुन्छ । तर, राष्ट्र बैंक मर्जरका लागि कसैलाई पनि बाध्य पार्ने पक्षमा छैन ।

उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए । उनले सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताए।

गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको बताए । उनले सरकारी बैंकहरु अहिलेको व्यावसायिक आवश्यकता बुझ्न पछाडि परेको हो कि भन्ने शंका राष्ट्र बैंकलाई लागेको बताए।