यातायात कार्यालय धनकुटाका प्रमुखलाई दलियो कालोमसो

काठमाडौं । जिल्ला यातायत व्यावस्था कार्यलय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेपाल कम्यूनिष्ट पार्टी बहुमतका कार्यकर्ताले कालोमसो दलेका छन्।

लुइटेलले सेवाग्राहीसँग घुष लिने गरेको भन्दै बुधबार कार्यलयमै कालोमसो दलेको कम्यूनिष्ट पार्टी बहुमतले कार्यलय परिषरमा फालिएको पत्रमा जनाइएको प्रहरीको भनाइ छ।

कम्यूनिष्ट पार्टी बहुमतका संयोजक मोहन घलेले आफ्ना २ जना मान्छेलाई ट्रायलमा पास गराई दिन भनेको र फेल भएपछि प्रमुखलाई कालोमसो दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कालोमसो दल्ने कम्यूनिष्ट पार्टी बहुमतका कार्यकर्ताको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो।