आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यलाई तत्काल सहीद घोषणा गर्न माग

काठमाडौं । आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यलाई तत्काल सहीद घोषणा गर्न माग गरिएको छ ।

आचार्य बन्दु समाज नेपालले मंगलबार संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहबाट बुधबार निधन भएका प्रेमप्रसादलाई तत्काल सहीद घोषणा गर्न माग गरेको हो ।

समाजका महासचिव बाबुराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै ऋण तिरिदिनुपर्ने, छोराछोरीलाई आजीवन पढाईदिनुपर्ने तथा सहीद घोषणा भने तत्काल गर्नुपर्ने जोडदार माग गर्दछ ।

आचार्य समाजले सरकारले सहीद घोषणा नगरे टायर बालेर आन्दोलन गर्ने छैन । देशको भौतिक सम्पतीमाथी क्षती पुर्‍याउने छैन, समाजले नैतिक दबाब भने दिनेछ ।

आचार्य समाजले प्रेमप्रसादको परिवारलाई एक लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ ।