खाद्य विभागका इञ्जिनियर घुससहित पक्राउ

काठमाडौं । खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन्।

अख्यितार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि बबरमहलबाट पक्राउ गरिएको अनलाइनखबरलाई बताए।थप अनुसन्धान भइरहेको उनले बताए।