रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गर्यो

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।

फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।

‘नागरिकता पद नै नरहेकाले अहिले त उहाँको दुवै पद रहँदैन’, एक सरकारी वकिलले भने, ‘उहाँले तत्काल नागरिकता लिनुभयो भने संविधानमा भएको ६ महिने प्रावधान अनुसार उहाँको पुनर्नियुक्तको बाटो हुनसक्छ । त्यो बारेमा हामीले छलफल गरेका छौं ।