सरकारी सर्भर ह्याक, सबै वेबसाइट डाउन

काठमाडौं । सर्भर ह्याक हुँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताउनु भयो।

उहाँले भन्नुभयो,’राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन नै भएको हो ।