कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिनुभयो ।

माघ २३ गते बस्ने राष्ट्रियसभा बैठकले उपाध्यक्ष चयन गर्दैछ ।
राष्ट्रियसभका तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेको छ ।

कांग्रेसले उम्मेदवारी दिने÷नदिने सम्बन्धनमा बिहीबार बस्ने बैठकले टुंगो लगाउने बताइएको छ ।