वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्वास्थ्यमन्त्री गिरीद्वारा लिन्याक रेडियोथेरापी मेशिनको उद्घाटन

चितवन । विश्व क्यान्सर दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक रेडियोथेरापी लिन्याक ( true beam) सेकाई मेशिनको एक भव्य कार्यक्रमको बिच उद्घाटन गरेका छन्।
उक्त कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालको सेवाको शुरुवातदेखिका प्रगति विवरण एवम् कोभिडका समयमा अस्पतालका कर्मचारीले देखाएको सेवा प्रदानको प्रतिबद्धताको खुलेर प्रशंसा गरे।
उनले अस्पतालमा आवश्यक उपकरण एवम् पूर्वाधार विकास एवम् क्यान्सर प्रतिष्ठान निर्माणका लागि माननीय मन्त्रीसमक्ष अनुरोध गरे।
अस्पतालका उप निर्देशक डा. कृष्ण सागर शर्माले वार्षिक सवा दुई अर्बको औषधि र स्वास्थ्य सामाग्री अस्पतालले वितरण गरेको बताउँदै रेनियल फेलियर क्यान्सर बिरामीको डायलासिस मेशिन जडान अन्तिम चरणमा पुगेको बताए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले क्यान्सर अस्पतालमा ताप्लेजुङ्गदेखि दार्चुलासम्मका दुर दराजका क्यान्सर का विपन्न बिरामीको उपचार भइरहेको बताउँदै अस्पतालको सेवा वृद्धि एवम् विस्तारमा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
