क्रान्तिकारी माओवादी चितवनले मनायो जनयुद्ध दिवस

चितवन। महान जनयुद्धको अठ्ठाईसौं वर्षगाँठको अवसरमा नेकपा क्रान्तिकारी माओवादी चितवन जिल्लाको आयोजनामा एक बृहत जनसभा सम्पन्न भएको छ। उक्त सभाको सञ्चालन जिल्ला सेक्रेटरी बाबुराम प्यासीको गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य अम्बिका मुडवरीले जनयुद्धका छ वटा प्रतिबद्धता पुरा नभएसम्म जनयुद्ध जारी रहने बताएकी हुन्।

त्यसतै वक्ता भरतपुर महानगर इन्चार्ज सुरेश गौतमले जनयुद्ध अपराधीकरण गर्न प्रतिक्रियावादी सत्ता लागेको र सत्तासीन माओवादी त्यसको मलामी बन्न तयार भएको बताए। उनले गणतन्त्रविरोधी र पक्षधर बिचको लडाइँ नटुंगिएसम्म जनयुद्धको वास्तविक उद्देश्य पुरा नहुने बताए।

सो अवसरमा उपस्थित सबैमा शहिद परिवारको सदस्य खड्गबहादुर कुँवरले रातो टिका लगाएर एवम् नगर सेक्रेटरी रमेश पौडेलले मिठाई बितरण गर्नुभएको र जनयुद्ध दिवसको गुञ्जायमान नारासहित कार्यक्रम बिसर्जन भएको थियो।