राष्ट्रपतिमा रामचन्द्र, उपराष्ट्रति उपेन्द्र यादव

काठमाडौ । सत्ता बाहिर रहेका दुई दलको शीर्ष नेताहरु नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ ।

शुक्रबार उनीहरुबीच जसपाको केन्द्रीय कार्यालयमा भेट भएको बताइएको छ । स्रोतका अनुसार उनीहरुबीच करिब आधाघण्टा छलफल भएको छ ।

छलफलमा उनीहमरुबीच राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी भएको बुझिएको छ ।

भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न उपेन्द्रसामू प्रस्ताव राखेको जनाइएको छ ।

त्यस्तै उपेन्द्र यादवले पनि आफ्नो पार्टीलाई उपराष्ट्र पति दिलाउने विषयमा कुराकान भएको बताइएकोछ ।

यदी उपराष्ट्रपतिमा जसपालाई सहयोग गर्ने अवस्थामा पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने सन्देश उपेन्द्रले दिएको बुझिएको छ ।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

उता सत्ता गठबन्धनमा भने सत्ताको नेतृत्व गरिरहेको माओवादी र एमालेबीच समझदारी हुन सकेको छैन ।

माओवादी राष्ट्रिय सहमतिको प्रयासमा छ भने एमाले पूर्वसहमति अनुसार राष्ट्रपति एमालेले नै पाउनुपर्ने अडानमा छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।