काँग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भेन्टिलेटरबाट हटाइँदै, खाना खुवाउन थालियो

काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ ।

आगाले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो ।

भारतको मुम्बईमा उपचाररत उनको अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्नेछ ।

जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरूले बताएको अस्पताल परिसरमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताए ।

उनकाअनुसार भण्डारी होसमा आइसकेका छन् ।

शुक्रबारदेखि नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ ।

आजबाट भेन्टिलेटरबाट हटाइने तयारी भइरहेको भण्डारीको उपचारको नेतृत्व गरिरहेका डा.मुकेश मिश्रालाई उदृत गर्दै कँडेलले बताए ।

भण्डारीको आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए ।

उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।