गठबन्धन टुटाएर गए माओवादीलाई कहिल्यै विश्वास गरिन्: योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब ठूलो पार्टी बन्न नसक्ने जिकिर गरेका छन् ।
प्रचण्डले गठबन्धन टुटाए भने चरम अवसरवादी हुने बताएका छन्।
मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने धारणा राखेका छन् ।
‘एमालेका कारणले गठबन्धन टुट्दैन, यस्ता हर्कत एमालेले गर्न सक्दैन, उनले भने, ‘अस्थिर राजनीतिले हामी कसैलाई फाइदा हुन् सक्दैन ।
तर, नेकपा माओवादी केन्द्रमा अस्थिरता रहेको देखिएको छ ।
उनले राष्ट्रपतिका लागि स्थायित्व हुन् जरुरी रहेको बताए।
भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रूपमा पनि नमिल्ने धारणा व्यक्त गरेका छन् ।