नेपाल टेलिकमको सह प्रवक्तामा भट्टराई

काठमाडौं ।नेपाल टेलिकमले कम्पनीको सह प्रवक्तामा उप प्रबन्धक परमात्मा भट्टराईलाई तोकिएको छ।

उप प्रबन्धक भट्टराई कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत रहेका थिए।

उनलाई सह प्रवक्तामा तोकिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।यसअघि सह–प्रवक्ता रहेका रंजित लोहिया सीटीओ कार्यालयमा सरुवा भएका छन्।