भारतको दबाबमा माओवादीले छाड्यो एमालेको साथ,एमाले सत्ता गठबन्धनबाट बाहिरिने तयारीमा

काठमाडौं । माओवादीको कांग्रेस बोक्ने निर्णयसँगै सत्ता गठबन्धन टुटेको छ ।

केहीबेर अघि माओवादी सहितका ८ दलले प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेका छन ।

योसँगै एमालेसँगको सहकार्य टुटेको छ । काँग्रेस र माओवादीसहित चार दलकाे नयाँ गठबन्धन बन्ने भएको छ।

राष्ट्रपति काँग्रेसलाई र उपराष्टपति समाजवादीलाई दिने सहमति भएको छ। 

अबकाे केही समयमा एमाले सरकारबाट बाहिरिने तयारीमा रहेको छ।