भारतीय पूर्वराजदूतको दाबी: कांग्रेस र एमालेको सरकार बन्छ ?

काठमाडौ । भारतीय पूर्वराजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा कांग्रेस(एमालेको सरकार बन्ने सम्भावना भएको दाबी गरेका छन् । भारतीय अखबार डेक्कन हेराल्डमा एक लेखमार्फत् रेले १० वर्षअगाडि जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताए ।

एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै उनले तेस्रो विकल्पको रूपमा कांग्रेस(एमालेबीचको गठबन्धनको सम्भावना उल्लेख गरेका छन् ।

रेले भनेका छन्, ‘२०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना छ ।नेपालको राजनीतिक अस्थिरता भएपनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने आशयको आलेखमा रेले यस्तो बताएका हुन्।

 त्यस्तै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन्। विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए।

शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियामा आउनु सही भए पनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको बताए।

नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन।