विप्लव नेतृत्वको नेकपा र माओवादी समाजवादीबीच पार्टी एकता हुँदै

फाइल तस्वीर

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ।

पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको  छ। 

  प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने भएका छन्।

लामाे समयदेखि पार्टी एकता गर्ने तयारीमा रहेका दुइ कम्युनिस्ट घटकबीच आज एकताकाे आवश्यकता बारे जानकारी गराउने भएका हुन ।