प्रचण्डलाइ कांग्रेसभित्रका गुट मिलाउन सकस,देउवा, शेखर र गगनलाइ यसरी मिलाउदै प्रचण्ड ?

काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दमहाल (प्रचण्ड)लाई १० दलीय सत्ता गठबन्धनमा कांग्रेसभित्र पनि कुरा मिलाउने चुनौती रहेकाे छ।

पुस १० को गठबन्धन फेर्न कांग्रेसको सबै पक्षको साथ खोजेका प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनमा कांग्रेसभित्र दुई वटा समूह छ भन्ने कुरा राम्ररी बुझेका छन्।

शेखर–गगन समूहको एक-दुई जना तानेर मन्त्री बनाइदिने सभापति देउवाको रणनीति देखिन्छ। देउवाले यसअघि आफू प्रधानमन्त्री हुँदा पनि तत्कालीन रामचन्द्र पौडेल समूहबाट मिनेन्द्र रिजाल र दिलेन्द्र बडूलाई मन्त्री बनाउन त्यही नीति अख्तियार गरेका थिए। महामन्त्री थापा यतिबेला आफ्ना खास मान्छेलाई सरकारमा पठाउन चाहन्छन्।

सरकारमा नेपाली कांग्रेसको सबै कित्तालाई हाम्रो सहभागिता छ भन्ने सहसुस हुनुपर्छ,एक नेताले भने, ‘केन्द्रीय समितिभित्र हाम्रो ८० प्रतिशत छ भनेर अर्को समूहको अस्तित्व स्वीकार किन गर्ने भन्ने देखिन्छ। सरकार पुनर्गठन गर्दा कांग्रेसभित्रको सन्तुलन नमिलाए प्रधानमन्त्रीमाथि चुनौती थपिने स्रोत बताउँछ।

कांग्रेका एक नेताले भने, ‘यो कांग्रेसको सरकार होइन। यहाँ कांग्रेसभित्र सन्तुलन मिलेन भने प्रतिपक्षी एमाले चाहिँदैन। कांग्रेसको एउटा पक्ष प्रतिपक्षी बन्छ।

त्यसैले देउवाबाट मन्त्रीका लागि आउने सिफारिसमा प्रचण्डले ध्यान दिउन् भन्ने अपेक्षा कांग्रेसको शेखर–गगन समूहको रहेकाेछ।