थप २ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ८० जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १९ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार १ सय ४१ जना रहेको छ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ।