सत्ता गठबन्धनमा फेरि लफडा सुरु,यस्तो छ मन्त्रालयको भागबण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालार्ई दिने भएका छन्।

संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्त्रालय सत्तारूढ अन्य दललाई नदिने अडानमा छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गृह मन्त्रालय र नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने भएका छन्।

कांग्रेसले अर्थसहित गृहमा समेत दाबी गरेको छ ।

बालुवाटार स्रोतका अनुसार सत्तारूढ दलबीच शक्तिका आधारमा मन्त्रालयको भागबण्डा गरेर मन्त्रीपरिषद विस्तार हुने छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार (६,चैत)मा विश्वासको मत लिँदै छन्।

त्यसअघि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका बीचमा सरकार विस्तार’ छलफल भएको छ।

सो छलफलमा गृह र अर्थ मन्त्रालय एउटै पार्टीलाई नदिने सहमती भएको स्रोतको दावी छ ।

एकीकृत समाजवादीले अर्थ, गृह, भौतिक पुर्वाधार मध्येबाट एक सहित तीन मन्त्रालय पाउँनुपर्ने दाबी पेस गरेको छ।

प्रधानमन्त्री प्रचण्डले सत्तारूढ अन्य साना दलसँग मन्त्रालयको भागबन्डाबार छलफल गर्न बाँकी छ।

प्रचण्ड, देउवा र नेपालका बीच आन्तरिक सहमती जुटेपछि अन्य साना दलहरुसंग बसेर अन्तिम टुंगो लगाउँने तयारी भएको छ।

एमाले, राप्रपा र रास्वपा सरकारवाट बाहिरिएपछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन्।

तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भएपछि सरकारी काम कारबाही सहज ढंगले अघि बढन सकेको छैन्।