मधेसी जनतालाई अधिकार दिलाउँछु: अध्यक्ष राउत

काठमाडौं। जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके ९चन्द्रप्रकाश० राउतले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार बाराको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। अध्यक्ष राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष समेत गरे ।

उनले मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरे। ‘मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गर्छु’ अध्यक्ष राउतले भने।

उनले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे। अध्यक्ष राउतले जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको बताए । मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गर्न संवेदनशील हुनुपर्ने बताए ।