बैँक,सहकारी र लघुबित्तको आतंक बन्द गर्न दुर्गा प्रसाईको चेतावनी

काठमाडौं। लघुबित्त,सहकारी र बैँकका नामका नव सामन्तहरु बजारमा छयाप्छयाप्ती भएको र ति नव सामान्तहरु नेताहरुले उत्पादन गरेको र जनता लुटन पठाएको संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईले आरोप लगाएका छन ।

बुधबार दिउँसो बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा आयोजित कार्यक्रममा प्रमुख बत्ताका रुपमा रहेका उनले सोझासिधा जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्तहरु सबै पार्टीका नेताहरुले उत्पादन गरेको बताए।

हरेक घरमा झगडा,कलह र ड्रिप्रेशनको शिकार बनेका नेपाली जनताहरु पार्टीका नेताबाट आर्जित भएको समेत उनले बताए ।

ऋण र्तिन नसकेर १५ सय बढीले आत्महत्या गरेको,सयौ घरवारबिहिन भएको र हजारौ बिदेश पलायन भएको भन्दै उनले सरकार निकम्मा रहको आरोप लगाए।

लिएको ऋण तिर्ने तर चर्को ब्याज आतंक बन्द गर्नुपर्ने उनले बताए। जनताको पक्षमा नबोल्ने र केही काम नगर्ने हो भने बरु सरकार चलाउन नसके सरकार छोड्न समेत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सुझाब दिए ।

ऋण तिर्न नसकेर सुसाईड नोट लेखेर आत्महत्या गर्नेको संख्या बढेको र त्यो कुरा बाहिर आउने डरले सुसाईड नोट प्रहरीले कब्जा गरेर राखेको समेत उनले आरोप लगाए।

नेपालमा लुटेर खाने कम्युनिष्टको उदय भएको र आफुलाई त्यस्तो कम्युनिष्ट बन्ने रहर नभएका कारण आफुले नेकपा एमालेको केन्द्रिय सदस्य छोडेको उनले बताए।

अधिकांश समय एमाले,काँग्रेस र माओबादीका नेताहरुलाई गाली गर्न खर्च गरेका उनले आफुले हजुरबुबा भनेर सम्बोधन गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओली देश र जनताका लागि काम भन्दा पनि पब्जी खेलेर समय बिताउने गरेको आरोप लगाए।

७० हजार कार्यकर्ता एमालेमा प्रवेश गराएको दाबी गर्दै उनले कम्युनिष्टको खोल ओढेर गरिबमारा नेताहरु मोटाएको भन्दै आक्रोश पोखे ।