एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले आज सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल ‘बी’ समूहमा परेको हो।

नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन्। ‘ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन्। प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो।

समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ। यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन्।