बाजुरामा फेरि गयो भूकम्प

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरामा गएराति भूकम्पको धक्का गएको छ ।

गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन।

केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ।

यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो।