नेपाल र भुटानबीचको खेल बराबरीमा रोकियो

फाइल तस्वीर

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेन्स कपमा नेपालले भुटानविरुद्ध बराबरी गोल फर्काएको छ।

दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायम राखेको छ ।

खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । खेलमा आयुस घलान प्लेयर अफ द म्याच चुनिए ।