प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।
अख्तियारले अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौँ सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौँ) दीपेन्द्र चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो।
उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानीरनोक्सानी गरेको अख्तियारको ठहर छ।
अख्तियारले उनीहरूलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरेको छ।
यस्तै, भवानी कन्स्ट्रक्सन प्रा।लि।को सञ्चालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्टविरुद्ध मुद्दा दायर गरेको हो।