बारा २ मा मतगणना सुरु,कसले मार्ला बाजी?

फाइल तस्वीर

काठमाडौं। बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ।

शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो। मतगणना करैयामाई गाउँपालिका १ बाट सुरु गरिएको छ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।

यसअघिको निर्वाचनमा बारा २ बाट विजयी भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो।