दार्चुलामा फोरजी सेवा,सदरमुकाममा फाइबर विस्तार

काठमाडौं ।दार्चुलाको लेकम गाउँपालिका २ स्थित कैनोडा टावर र लेकम गाउँपालिका- ६ स्थित उच्चाकोट टावरबाट फोरजी सेवा सुचारु भएको छ।

तो टावरसम्म राष्ट्रिय प्रसारणको विद्युत लाइन बिस्तार भएसँगै फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए।

दार्चुलामा सञ्चारको क्षेत्रमा पछिल्लो समय परिवर्तन भइरहेको छ, उहाँले भने, २०७५ सालसम्म नेपाल टेलिकमका १४ वटा टावर रहेकामा हाल जिल्लाभरि ३० वटा टावर सञ्चालनमा रहेका छन्। सञ्चालनमा रहेका ३० वटा टावरमध्ये २५ बटामा फोरजी सेवा विस्तार भइरहेको उनले बताए।

स्काई फेजआउट गरेर छाङरुबाहेक सबै टावरमा जीएसएम ९नमस्ते० सेवा विस्तार गरिएको छ।

छाङरुमा मात्रै स्काइ रहेको र त्यो पनि चालु आर्थिक वर्षभित्रै विस्थापित हुने उनले बताए। यस जिल्लाको विभिन्न स्थानीय तहमा आधा दर्जनभन्दा बढी टावर निर्माण सम्पन्न हुने क्रममा रहेको र धेरै ठाउँमा नयाँ टावर निर्माणका लागि सर्भे भइसकेको नेपाल टेलिकमले जनाएको छ।

हालसम्म एडीएसएल इन्टरनेट सेवा मात्रै भएकोले जिल्ला सदरमुकाम खलङगामै इन्टरनेटको गति कमजोर रहेको सेवाग्राहीको गुनासो छ।

अप्टिकल फाइबर इन्टरनेट जिल्ला सदरमुकाम खलङ्गामा जडान गर्ने काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सदरमुकाम क्षेत्रका ग्राहकको इन्टरनेट समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ।

दुर्गम गाउँ व्यास गाउँपालिका १ स्थित टिक्कर अहिले पनि सञ्चारको पहुँचबाहिर रहेको छ। टिक्करमा रेडियो लिक्क पुयाउन सकिने अवस्था नभएकोले स्याटेलाइटमार्फत टुजी बोटीएस जडान गरेर सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

भौगोलिक विकटता र विद्युतीकरण नहुँदा सञ्चार सेवा विस्तार र क्षमता अभिवृद्धिमा समस्या भइरहेकोले विद्युत्को पहुँच पुगेको ठाउँमा फोरजी सेवा धमाधम विस्तार भइरहेको जनाइएको छ।

फोरजी सेवा बिस्तार भए पनि प्रभावकारी र नियमित नरहेको स्थानीयको गुनासो छ।

स्थानीय दामोदर पन्तले भने, “नजिकैको टावरमा फोरजी सेवा विस्तार भएको खबर सुनियो रातिको समयमा टावर आउँदैन।

गुणस्तरीय सेवा प्रबाहमा केही समस्या भए पनि निरन्तर सुधारको प्रयास भइरहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो।