महानगरका मापदण्डविपरीतका यी १५ पेट्रोल पम्प हटाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो।

कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ। यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ।

कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुरूमा ती पम्पलाई हटाउन आग्रह गरिने र नमाने कामपाले आफैं हटाउने बताउनुभयो।

हाल उपत्यकाभित्र १ सय २३ पेट्रोल पम्प छन् भने काठमाडौं महानगरभित्र मात्रै ६६ वटा रहेका छन्। तीमध्ये ५१ वटाले मात्र मापदण्ड पूरा गरेको कामपाको भनाइ छ।

कामपाले हिजो बिहीबार बालाजु पुलसँगै मापदण्डविपरीत घरको सटरबाट सञ्चालन भइरहेको कोतः धुकु आयल स्टोरमा सिलबन्दी गरेको थियो।नेपाल समाचारपत्र दैनिकबाट।