आज यी प्रदेशमा भारी वर्षा बर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ।सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र वाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली रहने छ।

वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।