देशभर थप ७६ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६०३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो।

हाल सक्रिय संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन्।