दर्ता बिना प्रहरीसँगको मिलेमोतोमा भीआईपी स्पाले मसाजको नाममा बालबालिकाको प्रयोग गरी अबैध यौनधन्दा चलाउँदै

काठमाडाैं। बाैद्धमा सञ्चालित भीआईपी स्पा एण्ड हेल्थ क्लवले मसाजकाे नाममा वर्षौंदैखि बालबालिकाे प्रयाेग गरि ग्राहकको यौनप्यास मेटाउदिँदै आएको छ। स्पा एण्ड हेल्थ क्लव त देखाउने दाँत मात्र हो। चपाउने दाँत अर्कै छ।

सञ्चालक लाजै नमानि दाबी गर्छन्, यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन्। गरिब परिवारका किशाेरीले जीवन पनि धानिरहेका छन्। वा साउजी बालबालिकालाइ प्रयाेग गरेर गरिब किशाेरीकाे जीवनमाथि खेलवाड गरेर आफु रातारात काराेडाैंकाे मालिक बन्ने उदेश्यले यस्ता बाहाना गर्न अलिकति पनि लाज मानु पर्दैन।    

 आफ्नो स्पा एण्ड हेल्थ क्लवले ढुक्कसँग काम गर्न पाउनु पर्ने साउजी मनि श्रेष्ठ बताउछन्। स्पा एण्ड हेल्थ क्लवमा आउने ग्राहककै डिमान्डका आधारमा आफूले स्पाको सेवालाई विस्तार गरेको उनको भनाइ छ।

 स्पा एण्ड हेल्थ क्लवकाे आवरणमा बालबालिकाे प्रयाेग गरेर यौनधन्दा चलिरहेको छ। धन्दावाल साउजी श्रेष्ठ चौपट्टै बाठा छन्।  म त महानगरपालिका र नगरपालिमा पावर भएकाे मान्छे भन्दै अन्य स्पाका संञ्चालकलाइ समेत छक्काउदै बालबालिलाइ याैन धन्दामा लगाउन माहिर देखिएका छन्।

धन्दावाला स्पा एण्ड हेल्थ क्लवका साउजी श्रेष्ठ प्रहरी भन्दा धेरै बाठा देखिएका छन्। महानगरीय प्रहरी बौद्ध वृत्तका डीएसपी हरिबहादुर बस्नेतलाइ विभिन्न संञ्चार माध्याममा समाचार प्रकाशित भए पनि उनले अहिलेसम्म मेसाे नपाएझै गरेर बसि रहेकाे देखिन्छ। 

डीएसपी बस्नेतलाइ बालबालिका प्रयाेग भएकाे पहिचान भइहाले पनि हप्तावारी र महिनावारी बुझ्ने गरेकाले तह लगाउनै मुस्किल हुने देखिए पछि समाचार प्रकाशित भएकाे उनले मेसाे नपाएझै गरेर बसेकाे स्राेतकाे दाबी छ।  

स्पा एण्ड हेल्थ क्लवका नाममा बालबालिकालाइ यौनधन्दा चलाइरहेका सञ्चालक विरुद्ध महानगरीय प्रहरी बाैद्ध वृत्तले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउनु पर्नेमा विभिन्न संञ्चार माध्याममा समाचार प्रकाशित हुँदा पनि प्रहरी नै बेखबर हुनुले शंखा उत्पन्न गरिरहेको छ।

  स्पा एण्ड हेल्थ क्लवमा जागिर राम्राे हुने आश्वासन दिएर शरीर बेच्न बाध्य पारेको एक पीडित किशाेरीले बताएकी छन्। उनले महिनामा राम्राे तलब दिने र मसाज गर्ने काम हातले गर्ने हाे भन्दै १४÷१७ वर्ष उमेरका किशोरीहरूलाई यौनकार्यमा लाग्न बाध्य पारेकाे पीडित किशाेरीले बताएकी छन्।  

बौद्ध क्षेत्रमा हामीले पाएकाे सूचनाकाे आधारमा समाचार प्रकाशित गरेपछि केही स्पा र मसाज सेन्टरहरू बन्द समेत हुने अवस्थासम्म पुगेका छन्।

मसाजका नाममा यौनजन्य गतिविधि हुने गरेकोमा प्रहरीले त्यसमा कडाई गर्नु पर्नेमा अहिलेसम्म समाचारकाे बारेमा नै प्रहरी बेखबर जस्तै देखिनु रहस्यकाे विषय बनेकाे छ। तर,बाैद्ध क्षेत्रका धेरै मसाजमा अहिले पनि अवैध गतिविधि भइरहेका छन्।

भीआईपी स्पा एण्ड हेल्थ क्लवमा बालबालिको प्रयोग गरेर मसाज भन्दा यौनधन्दा धेरै नै हुने गरेको एक स्टापले बताएकी छन्। सो स्पामा मसाज गर्ने नाममा ठूलो मात्रामा कन्डम समेत खपत हुने गरेको एक जना मेडिकल व्यवसायीले बताएका छन्।  

काठमाडौंको बौद्धमा अहिले पनि प्रहरी सेटिङमा विभिन्न ठाउँमा यस्ता स्पा र मसाज सेन्टर चल्ने गरेका स्रोतको दाबी रहेको छ। बौद्ध क्षेत्रका घुमुवा र वर्षौदेखि त्यहाँ काम गर्दै आएका प्रहरीसँग मिलेर मसाजको नाममा यस्तो अबैध धन्दा चल्दै आएको स्रोतले दाबी गर्छ।

काठमाडौंमा स्पा र मसाजकाे नाममा गैर कानुनी देह व्यापार फस्टाउदै

यस्तै राजधानी बाहिरबाट काठमाडौं पढ्न आउने किशाेरीहरु स्पा र मसाज सेन्टरकाे नाममा योस्ताे पेशामा लाग्ने गरेको भेटिएको छ। 

यसका साथै काठमाडौंमा रहेका धनाढ्य परिवारका सदस्यहरु पनि यो क्षेत्रमा संलग्न रहेकाे पाइएकाे छ। उनीहरुले यसलाई पेशाको रुपमा भन्दा पनि आफ्नो यौन चाहाना पुरा गर्न मात्र स्पामा आउने गरेकाे रहस्य खुलेकाे छ।

 यस्तै हामीले काठमाडौंमा पछिल्लो समय स्पा र मसाज सेन्टरकाे नाममा बढ्दै गएको गैर कानुनी देह व्यापारको बारेमा सत्य तथ्य पत्ता लगाउन विभिन्न स्पा र मसाजमा गएर रिपाेर्टिङ गरेका थियाैं।

यस्ताे छ स्पाका साहुजिकाे ह्याप्पी इण्डिङ बारे

बालबालिकाकाे प्रयाेग गरेर संञ्चालक भन्छन् ह्याप्पी इण्डिङ भनेकाे सामन्य हाे सबैकाम हातले गर्ने त हाेनि भन्दै यौनधन्दा चलाउँदै आएकाे आफैले पुष्टि गरेका छन्। म पावर भएकाे मान्छे प्रहरी सबै मिलाएकाे छु,भन्दै उल्टै सबैलाइ थर्काउने गरेकाे अन्य स्पाका संञ्चालकहरू बताउछन्। 

ह्याप्पी इण्डिङ भनेकाे पुरुषको गोप्य अंग चलाएर स्खलन गरिदिनु हाे ? तपाइ आफै अब भन्नुहाेस्,बालबालिकाकाे प्रयाेग गरेर यस्ता गैरजिम्मेवार कुरा गर्ने स्पाका साहुजिलाइ प्रहरीले किन र कसरी संरक्षण गरि रहेकाे छ। 

फेरि उनि आफै लाज नमानेर भन्छन् हामीले कुनै पनि याैनजन्य गतिविधि गरेका छैनाै। तर याे याैनजन्य गतिविधि हाे कि हाेइन? साहुजिले पानी माथिकाे ओबानो बन्नु कतिकाे जाहेज हाेला? सराेकारवाला निकायले अहिलेसम्म किन कानमा तेल हालेर बसेकाे छ। 

यस्ताे छ सर्वोच्चले जारी गरेको निर्देशिका

सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा मनोरन्जनको क्षेत्रमा काम गर्ने कामदार,ग्राहक र साहुले अपनाउनु पर्ने नियमको बारेमा उल्लेख छ।

सो निर्देशिकालाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाही समिति समेत गठन भएको थियो।

महिला विकास कार्यालयको मातहतमा गठन गरिएको सो समितिले केही समय क्रियासिल ढंगबाट काम गरेपनि संघीय संरचनासँगै महिला विकास कार्यालय खारेज भएपछि सो क्षेत्रमा हुने अवैध गतिविधि माथि कडा निगरानी हुन सकेको देखिदैन।

पछिल्लो समय नेपाल प्रहरीले २०७५ सालमा स्थापना गरेको मानव बेचविखन ओसारपसार व्युरोले २०७६ साल बैशाखदेखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचविखनका घटनामा केही कमि देखिए पनि अहिले खासै चासाे दिएको देखिदैन्।प्रहरीले गैरसरकारी संघ–सस्थासँग पनि सहकार्य गर्दै आएको छ।

यति हुँदा हुँदै पनि राजधानीका विभिन्न ठाउँमा रहेका मसाज र  स्पामा बालिका तथा किशोरीलाई नियुक्तिपत्र विना काममा लगाउने,तलब नतोकी कमिसनको भरमा काममा लगाउने, ग्राहकको ईच्छा अनुसार काम गर्न बाध्य बनाउने गरिन्छ।

  मसाज र स्पामा काम गर्ने बालिका तथा किशोरी सानै उमेरमा यौन हिंसामा पर्छन् तर आफूलाई परिवार र साथीभाईले के भन्लान् भन्ने डरमा आफ्नो वास्तविकता लुकाउँदा विस्तारै यौन कार्यमा लाग्न बाध्य भएकाे पाइन्छ।

 यस्तो छ ऐनमा व्यवस्था

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।

ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।

कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।