देशभर थप ३७ जनामा कोरोना संक्रमण

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन र १४ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ।