भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिल्यै पुराना हुदैनन्: शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कहिल्यै पुराना नहुने टिप्पणी गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताएका हुन्।

उनले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने बताए। अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुँदैनन्,’ उनले लेखेका छन्।

नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने राम्रो र सफल हुन्छ भन्ने नहुने उनको भनाइ छ। यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्ने उनले बताए।

उनले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबीसमेत गरे।

‘आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न एमालेलाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौं,’ उनले उल्लेख गरेका छन्।