विमानस्थल भन्सार कार्यकक्षबाटै नासु पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार नासु रेवन्त खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामान समेत अनुसन्धानमा नलगि फिर्ता पठाउने गरेको स्रोतको भनाइ छ।