साफ च्याम्पियनसिप: नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

फाइल तस्वीर

काठमाडौं।  साफ च्याम्पियनसिपको १४औं संस्करणको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ।दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको हो।

बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ। यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन्।

नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ असारमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। बैंगलुरुको श्री कान्तीराभा रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न पौने चार बजेदेखि सुरु हुनेछ । सोही दिन साँझको खेलमा समूह ए कै भारत र पाकिस्तान भिड्नेछन्।

नेपालले ९ असारमा भारतसँग समूहको आफ्नो दोस्रो खेल खेल्नेछ। यो खेल सोही रंगशालामा साँझ पौने ८ बजेदेखि सुरु हुनेछ।

समूहको अन्तिम खेल नेपालले १२ असारमा खेल्नेछ। यो खेल अपराह्न पौने ४ बजेदेखि सुरु हुनेछ। साफ च्याम्पियनसिपको फाइनल खेल १९ असारमा हुनेछ।