मसाज र हेल्थ क्लवको नाममा भीआईपी स्पाले बालबालिकाको प्रयोग गरी अबैध यौनधन्दा चलाउँदै,प्रहरी बेखबर

काठमाडौं ।काठमाडौंकाे बौद्ध स्थित बाहुनधारामा सञ्चालित भीआईपी स्पा एण्ड हेल्थ क्लवले मसाजको नाममा बालबालिको प्रयोग गरि ग्राहकको यौनप्यास मेटाउदिँदै आएको समाचर विभिन्न संञ्चार माध्यममा आएपछि केही दिन अगाडी मात्र प्रहरीले छापा मारेको थियो।

मसाज सेन्टरको बोर्ड राखेर भित्र यौन धन्दा सञ्चाल गर्ने भीआईपी स्पा एण्ड हेल्थ क्लवका सञ्चालक मनि श्रेष्ठले स्पा दर्ता नै नगरी गैरकानुनी रूपमा सञ्चालन गरिरहेका छन्।

पछिल्लो समय स्पा र हेल्थ क्लवको नाममा कसरी बढीभन्दा बढी फाइदा कमाउने भन्नेतिर व्यवसायिहरु लाग्दा यस क्षेत्रमा बिकृति बढ्दै गएको स्पष्ट देखिन्छ। अझै कलिला बालिकाहरुको प्रयोग बढ्दै गएको देखिन थालेको छ।

धेरै बालिकाहरु उमेर नै नपुगी पारिबारिक बाध्यताले वा साथिहरुको लहलहैमा लागेर यस्तो क्षेत्रमा प्रवेश गरेको पाइएको छ। हाम्राे अनलाइन डटकमले विभिन्न स्पा र मसाज सेन्टरहरुमा पछिल्लो समय रिपोर्टिङ गर्दा निक्कै कलिला बालबालिकाहरुको प्रयोग भएकाकाे रिपाेर्टिङकाे क्रममा खुल्न आएको छ।

रिपोर्टिङकाे क्रममा सबै भन्दा बढी बालबालिकाे प्रयाेग भीआईपी स्पा एण्ड हेल्थ क्लवमा गरिएकाे पाइएको छ। भीआईपी स्पालाइ नियन्त्रण गर्न  प्रहरी प्रशासनलगायतले बेलैमा ध्यान दिन जरूरी देखिन्छ। 

अहिले भीआईपी स्पा र हेल्थ क्लवमा आफ्नो व्यापार बिस्तारका लागि चौध-पन्ध्र वर्षका कलिला बालिकाहरुलाई यौनव्यबसायमा लगाउने गरेकाे रिपाेर्टिङको क्रममा भेटिएकाे छ।

भीआईपी स्पाले मसाज सेन्टरमा कलिला बालबालिकालाई प्रयोग गरेर मसाजका नाममा यौन धन्दा चलाइरहेकाले तत्काल बन्द गराउन प्रहरी प्रशासनले चासाे दिन जरूरी रहेकाे छ।  

भीआईपी स्पामा १०-१२ जना कलिला किसोरीहरु ग्राहकलाई कुरेर बसिरहेका हुन्छन्,भने केही टिकटक लाइभमा बसेर विभिन्न कुराहरू भन्दै अफर गरिरहेका हुन्छन्, त्यसैले यस्ता अन्य स्पा र मसाज सेन्टरहरुको अनुगमन गरेर दोसीलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ।

 यहाँ पैसा दिएर किशोरीहरुलाई यौन शोषण गरिन्छ र यसको लाभ सञ्चालकले मात्रै लिन्छन्। यस्तै अधिकांश स्पा र मसाज सेन्टरमा ग्राहकलाई खुसी बनाउनु पर्छ फेरिपनि आनुहाेस् है सर भन्दै बिदाइ गरिएकाे सुनिन्छ। त्याे उनिहरूकाे रहर हाेइन बाध्यता भएकाे आफै बताउने गर्दछन् साहुजीले जति सक्दाे खुशी बनाउनु पर्ने पहिले नै निर्देशन गरिसकेका हुन्छन्। 

 बाहिर जे देखिएको छ त्यो भन्दा निक्कै फरक छ भीआईपी स्पा एण्ड हेल्थ क्लव भित्रकाे कहानी कलिला किशाेरीहरुलाइ प्रयाेग गरेर आफू अकुद पैसा कमाउने नाममा ग्रहकहरुलाइ खुशी बनाउन कलिला बालबालिकालाइ याैन धन्दामा लगाउनु कतिको जाहेज हाेला। किन प्रहरी प्रशासन चुईक बाेल्दै न? 

दर्ता नै नगरी अबैध रूपमा सञ्चालन गरिरहेकाे भीआईपी स्पाका बारे समाचार आउदा पनि बाैद्धका डीएसपी हरिबहादुर बस्नेतले कानमा तेल हालेर बस्नुकाे रहस्य पक्कै छ।

त्यस्तै प्रहरी नै हप्तावारी र महिनावारी असुलीमा लागेपछी स्पाहरूले कलिला बालबालिकाकाे प्रयोग गरेर जतिसक्दो अबैध ढंगले छिटो पैसा कमाउने दाउमा लागेको स्पष्ट देखिन्छ। 

आर्थिक समस्यादेखि रोजगारी खोज्दै आउने र काठमाडौंको रमझम देखेर शहर झरेका किशोरीलाई सबैभन्दा सहजरुपमा प्रवेश पाउने क्षेत्र भनेकाे अहिले मसाज सेन्टरहरु नै भएका छन्।  

अब मसाज सेन्टर लगायतका क्षेत्रमा काम गर्ने बालश्रमिकको उद्धार र यसमा संलग्नलाई कारवाही गर्ने कामलाई प्राथमिकता दिन प्रहरीले चासाे दिन जरूरी रहेकाे छ। स्पा र मसाज सेन्टर लगायतका क्षेत्रमा हुने यौन दुरव्यवहार रोक्न सरकारले कानुनकाे कार्यनयन गराउनुपर्छ।    

त्यसैले यो क्षेत्रलाई बालबालिका मुक्त क्षेत्र बनाउनका लागी सरकारी, गैरसरकारी निकाय र व्यवसायिहरुले हातेमालो गर्नु आवस्यक रहेकाे छ।

नेपालको संविधान २०७२ ले पनि बालश्रमलाई संवैधानिकरूपमा नै निषेधित गरेको छ तर पनि बालश्रमले आधुनिक दासताको रूपमा समाजमा जरा गाडिरहेको छ। बालश्रम मात्रै होइन बालश्रम गर्ने क्षेत्रमा यौन शोषण समेत भैरहेको छ।

यस्तो प्रकारको शोषणले बालबालिकाको आधारभूत मानवअधिकारको हनन गर्नुका साथै उनिहरुको भविश्य नै क्षतबिक्षत भएको धेरै उदाहरणहरु छन्।