जेष्ठ नागरिक संघ उपशाखा भरतपुर-४ को आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

प्रेम प्रसाद कडेल

चितवन।  जेष्ठ नागरिक संघ उपशाखा भरतपुर-४ को आयोजनामा स्वास्थ्य शिविर सम्पन्न गरिएकाे छ।  जेष्ठ नागरिक संघ उपशाखा भरतपुर – ४ को आयोजनामा हाड जोर्नी तथा नशा रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर नवदुर्गा शिव पञ्चायन मन्दिर सानो यज्ञपुरीमा सम्पन्न भएको छ।

कार्यक्रममा विशेषज्ञ डा. मनोज कडेल र डा. प्रकाश कडेलको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक संघ भरतपुर-४ का अध्यक्ष प्रेम कुमार गैरेको सभापतित्वमा सहयोगी संस्थाहरु शिव पञ्चायन टोल विकास संस्थाका सचिव कलाधर कडेल, प्रगति महिला समूहका अध्यक्ष लक्ष्मी नारायणी कडेल, औषधी व्यवसायी संघ NCDA चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल्सिना, स्वास्थ्य तथा वातावरण समाज नेपाल सौराहाका सदस्य वर्षा अधिकारीले सहयोग गर्नु भएको थियो।

कार्यक्रममा अतिथिहरु भरतपुर वडा नं -४ का वडा सदस्य वरिष्ठ समाजसेवी ठाकुर प्रसाद सापकोटा, जेष्ठ नागरिक संघ चितवनका सदस्य करूणकान्त पोखरेल, वडा कार्य समिति सदस्य तुल बहादुर हमाल, नवदुर्गा शिव पञ्चायन मन्दिरका अध्यक्ष जय प्रसाद सापकोटा, नेपाल रेडक्रस सोसाइटी उपशाखा लंकूको उपसभापति भवानी कडेल, मेडिकल व्यवसायी कल्याण युथ क्लवका अध्यक्ष नवराज कडेल लगायतका अतिथिहरु उपस्थित थिए।

विशेषज्ञ डाक्टर मनोज कडेलले हाड जोर्नीका समस्याको बारेमा जानकारी मन्तव्य राखेर कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रममा वडा भित्रका १०१ महिला र ५६ पुरुष गरी १५७ जनाले स्वास्थ्य परीक्षण गरी नि: शुल्क औषधी लिएको कार्यक्रमको सभापति प्रेम कुमार गैरेले बताउँदै यस्ता कार्यक्रम जेष्ठ नागरिक जनताका लागि लाभदायी रहेको बताउँदै सहयोगी संस्थाहरु एवं डा. मनोज कडेल र डा. प्रकाश कडेलको सामाजिक उत्तरदायित्वप्रति समग्र समाजको तर्फबाट हार्दिक धन्यवाद दिदै कार्यक्रमको समापन गरे।