एक महिलाले गरिन् आफैँले आगो लगाएर आत्महत्या

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर एक महिलाले आत्महत्या गरेकी छन्।

रामेछाप घर भएकी ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेकी हुन्।

चन्द्रागिरि नगरपालिका–९ मा डेरामा श्रीमानसँग बस्ने शान्तिले शुक्रबार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा शान्तिको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।