नक्कली भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजालसँग ज‍ोन खड्काको कनेक्सन रहेको खुलासा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले यस अभियानमा सक्रिय दलाली गरेको भेटीएको छ।

विशेष स्रोतबाट प्राप्त खबर अनुसार सुनसरी पानमारा घरभई दिल्लीको द्धावरका बसेर मानवतस्करी धन्दा चलाउँदै आएका जोन खड्कासँग हाल पक्राउ परेका टेकनाथ रिजालको सम्वन्ध देखिएको छ।

रिजालसँगै केशव दुलाल र सानु भण्डारीसँग पनि उनको उठबस हुने गरेको स्रोतले बतायो। भुटानी शरणार्थी नेता रिजालले जन खड्कासँग मिलेर नक्कली कागजात बनाउने गरेका थिए।

यसै प्रकरणका लागि रिजालकै निर्देशनअनुसार खड्काले भुटानी शरणार्थी सम्वन्धि विभिन्न कागजात बनाइदिएको स्रोतले बतायो।

खड्काले नेपालमा नक्कली भुटानी प्रकरणको छानविन चलिरहँदा आफूले कागजात बनाइदिँदा कबोल गरेअनुसारको रकम नेता रिजालले नदिएको समेत गुनासो गरेका थिए।

आफूहरुले त्यत्रो त्यत्रो रकम असुलेका रहेछन्, मलाई भने बोले अनुसारको पनि दिएनन्’, निकटस्थसँग खड्काले यस्तै गुनासो गर्ने गरेको बताइन्छ।

यसै विषयमा बुझ्न टेलिफोन सम्पर्क नम्बर ००९१ ९९९०९३६६९९, ९८९१३३२६३६, ९८२१८१६६९९ नम्बर रहेका खड्कासँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । यी नम्बरमा ह्वाट्सएप समेत सक्रिय छ।

ठगी प्रकरणमा दिल्लीको तिहाड जेलमा कैद समेत भोग गरिसकेका खड्का दिल्लीमा बसेर वैदेशिक रोजगारको धन्दा गर्ने गर्छन्।

खड्काले नेपालबाट वैदेशिक रोजगारी गर्ने व्यवसायी, दलालसँग मिलेर हाउसमेडका लागि खाडी मुलुक पठाइने गरेका महिलालाई दिल्ली, मुम्बई, चेन्नाई लगायतका स्थानबाट सेटीङमा उडाउने गरेको स्रोतले जानकारी दिएको छ।

काठमाडौं प्रहरीले टेकनाथ रिजालसँग भुटानी शरणार्थीका नाममा नक्कली कागजात बनाउने गरेको सन्दर्भमा कुरा उठाएको खण्डमा जन खड्का तानिने निश्चित छ भने रिजालको थप धन्दा पनि खुल्ने छ।यस बारेमा थप खोजी जारी छ।

विवादास्पद दुर्गा प्रसाइँ सँग जोन खड्का (खैरो ज्याकेट चेपुमा माक्स)ले दिल्लीमा खिचेको तस्वीर।

जोन खड्कासँग दुर्गा प्रसाइँको पनि मानवतस्करी धन्दामा कनेक्सन रहेको दावी स्रोतको छ।हाल नक्कली भुटानी शरणार्थी प्रकरण बाट जोगिन जोनलेदिल्लीको द्धावरमा एभरेस्ट म:म सञ्चालन गर्दै आइरहेका छन ।