बौद्धका डीएसपी बस्नेतको स्पाहरूमा असुली धन्दा बढ्यो,दर्ता नभएको भीआईपी स्पामा बालबालिकाको प्रयोग हुँदा समेत प्रहरी बेखर

काठमाडौं। काठमाडौंको बौद्ध स्थित बाहुनधारामा सञ्चालित भीआईपी स्पा एण्ड हेल्थ क्लव दर्ता नै नगरी संञ्चालन गरिएको खुलन आएको छ। दर्ता नगरेर अबैध तरिकाबाट सञ्चालित भीआईपी स्पामा बौद्ध प्रहरी बृत्तका डीएसपी हरिबहादुर बस्नेतले हप्तावारी र महिनावारी असुली गर्ने गरेको स्रोतले बताएको छ। 

मसाजको नाममा बालबालिको प्रयोग गरि ग्राहकको यौनप्यास मेटाउदिँदै आएको समाचर हाम्रो अनलाइन डट कममा प्रकाशित भएपछि सो स्पाका साहुले हामीसँग भेट्ने बहाना बनाएर पैसाको अफर गरेका छन्।

हाम्रो बिशेष स्रोतका अनुसार डीएसपी बस्नेतले बौद्ध क्षेत्रमा अबैधानिक तरिकाबाट सञ्चालित भएका स्पाबाट हप्तावारी र महिनावारी असुली गर्ने गरेको खुलन आएको छ।

  जसका कारण बाैद्ध क्षेत्रमा प्रहरी प्रमुख डीएसपी बस्नेत आएदेखि  अबैध तरिकाबाट सञ्चालित भएका स्पा र अन्य क्षेत्रहरूमा असुली बढ्दै गएकाे स्राेतले दाबी गरेकाे छ। 

  डीएसपी बस्नेत बाैद्ध आएको केही समयदेखि नै कमाउने धन्दामा लागेर अवसरका रुपमा उपयोग गरिरहेकाे स्राेत बताउँछ। यौनदुब्यर्वहारका उजुरीमा मिलापत्र गराएर समेत डीएसपी बस्नेतले घुस लिने गरेको आरोप लाग्दै आएकाे छ।

बाैद्धका विभिन्न स्पा र मसाज सेन्टरसँग डीएसपी बस्नेतकै निर्देशनमा असुली हुने गरेकाे स्राेतको दाबी छ। त्यस्तै प्रहरी कार्यालय बाैद्धमा डीएसपीले असुली गरेकाे प्रहरी कार्यालयभित्रै चर्चा हुने गरेको पाइएकाे छ।

तल्लाे तहका प्रहरीले अबैधानिक क्रियाकलाप भएकाे जानकारी गराएपनि डीएसपी बस्नेत केही भएकाे छैन भन्दै प्रहरीलाइ समेत नजान निर्देशन दिने गरेकाे स्राेतकाे दाबी छ। डीएसपी बस्नेतकै निर्देशनमा घुमुवा प्रहरीले बाैद्धमा रहेका स्पाहरूमा असुली गरी रकम बुझाउने गरेकाे स्रोत बताउँछ।

स्रोतका अनुसार प्रायः सबै स्पामा डीएसपीको निर्देशनमा प्रहरीले असुल्दै आएकाे र कुनै पनि अबैध क्रियाकलाब गरेकाे भएपनि कारबाही नगर्ने गरेकाे दाबी छ ।  

बाैद्धमा डीएसपी बस्नेतले अबैध तरिकाबाट दर्ता नगरेर सञ्चालित स्पा र मसाज सेन्टर कमाउधन्दामा परिणत गरेको स्पष्ट बझ्न सकिन्छ।

बाैद्धका हरेक क्षेत्रमा प्रहरीको असुलीले सीमा नै नाघेको चर्चा समेत हुने गरेको छ। डीएसपी बस्नेतले आफ्ना केही सिपाहीलाई घुमुवाका रुपमा परिचालन गरी हप्तावारी र महिनावारी असुली गर्ने गरेकाे स्राेत बताउँछ। 

  डीएसपी बस्नेतकाे आदेश अनुसार हरेक स्पा र मसाजमा दररेट तोकेर असुली गर्ने गरेकाे स्राेतकाे दाबी छ। 

डीएसपी बस्नेतले बाैद्ध क्षेत्र भित्रका प्रत्येक चौकीका इन्चार्जहरूलाई रकम तोकेर बुझाउने निर्देशन समेत दिने गरेको स्राेत बताउँछ। बस्नेतले भनेअनुसार असुली गरेर पैसा दिनेलाई असुली हुने ठाउँमा उनले इन्चार्ज बनाएर पठाउने गरेकाे खुलन आएकाे छ। 

डीएसपी बस्नेतले भीआईपी स्पा दर्ता नभएकाे पटक-पटक जानकारी गराउँदा पनि थाहा नपाएझै गरेर बस्नुकाे रहस्य भनेकाे असुली धन्दा चलाएकाे स्पष्ट बुझ्न सकिन्छ। 

साे स्पामा १४ देखि १७ बर्ष उम्मेरका बालबालिकाकाे प्रयाेग गरेर अबैध याैन धन्दा सञ्चालन गरेकाे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित हुँदा पनि डीएसपी बस्नेत रमिते भएर बस्नु कतिकाे जाहेज हाेला?

भीआईपी स्पासँग डीएसपी बस्नेतले महिनावारी लिने गरेपछि दर्ता नै नगरी अबैध तरिकाबाट सञ्चालन गरेर मसाजकाे नाममा बालबालिकालाई अबैध याैन धन्दामा लगाउदा समेत प्रहरी कुनै चासो दिदैन।

त्यस्तै सरकारलाई नै ठगी गर्दै आएका व्यक्तिसँग डीएसपी बस्नेतले मिलेमतो गरेर यसरी असुली धन्दा चलाउनु कतिको जाहेज हाेला? डीएसपी बस्नेतले भाेलीका दिनमा यस्ता कार्य गर्दै गए ठूलाे मूल्य चुकाउनु पर्ने अवस्था सृजना हुनसक्छ। 

 यस्तो छ ऐनमा व्यवस्था

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।

ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।

कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।