प्रधानमन्त्री दाहाललाई एक पटक पुनः माओवादी बनेर काम गर्न विप्लवको आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिनुभएको छ।

आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको बिरोधमा भएको भन्दै अहिल पनि सोही स्थिति आइरहेको बताउनुभयो।

उहाँले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्तावह गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाउनुभयो।

उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पटक पुनः माओवादी बनेर काम गर्न आग्रह गर्नुभयो।

उहाँले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो। महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताउनुभयो।