भीआईपी स्पाले पठाएको खण्डन जस्ताको त्यस्तै

 

भीआईपी स्पाले पठाएको  खण्डन जस्ताको त्यस्तै
प्रेस काउन्सिल नेपालले २०८० साल जेठ ८ गते प.सं. ०७९÷८० च.नं. ८१४ खण्डन प्रकाशित गर्ने बारे पत्र प्राप्त भयो ।
सो पत्रमा हाम्रो अनलाइन डटकममा २०८० साल जेठ ४ गते ‘मसाज र हेल्थ क्लवको नाममा भिआईपी स्पाले ग¥यो बालबालिकाका प्रयोग, स्पाको नाममा अबैध यौन धन्दा चलाउँदै’ शिर्षकमा प्रकाशित गरेको समाचार प्रकाशित भएपछि बौद्ध प्रहरी, जिल्ला प्रहरी परिसर काठमाडौं र माइती नेपालका अध्यक्षलाई समेत समाचारको लिंक पठाई भीआईपी स्पा एण्ड हेल्थ क्लव नाम राखी दर्ता नै नगरी अबैध तरिकाबाट बालबालिका प्रयोग भएको समाचार प्रकाशित गरिएको थियो ।
भीआईपीका संचालक मनिष श्रेष्ठ बताउने अवालले हाम्रो अनलाइन डटकमसँग फोन गरी भेटी समाचारमा प्रकाशित भीआईपी स्पा एण्ड हेल्थ क्लव दर्ता नभएको, १२—१४ जना कलिला किशोरी प्रयोग गरेको बताएका थिए । अवालसँगको भेटको मुख्य उद्देश्य भनेको भीआईपी स्पाले यसरी गैरकानुनी रुपमा कस्ता गतिविधिहरु गरिरहेका छन् थप बुझ्ने उद्देश्य थियो ।
तर, अवालले हाम्रो अनलाइन प्रतिनिधिलाई भेट्ने वित्तिकै ‘मैले के गर्नुपर्छ, समाचार रोकिदिनु प¥यो भनी आर्थिक प्रलोभनका कुराकानी गरेका थिए ।’ संचार माध्यमको मुख्य आयश्रोत भनेको विज्ञापन हो, विज्ञापनमार्फत तपाईंहरुलाई सहयोग गर्छु, समाचार रोकिदिनु प¥यो भन्ने आग्रहमा हाम्रा प्रतिनिधिले तपाईंद्वारा संचालित भिआईपी स्पा एण्ड हेल्थ क्लव पहिला कानुनी रुपमा दर्ता गर्नुस्, कानुनले नदिएको कुनै पनि गतिविधि नगर्नुस् भन्ने सल्लाह दिई छुटिएका थियौं ।
तर, हाम्रो अनलाइन प्रतिनिधिसँग समाचारको विषयमा बुझ्न कुराकानी भएको थियो । सो कुराकानीमा अवालले ‘म दर्ता नै नगरी पनि निर्वाधरुपमा स्पा संचालन गर्न सक्छु र बालबालिका पनि प्रयोग गरेको छैन’ त भने तर हाम्रा प्रतिनिधिको रिपोर्टिङको क्रममा बालबालिका प्रयोग भएको पाइनुका साथै सामाजिक सञ्जाल टिकटकमा खुल्लम खुल्ला बालिका प्रयोग गरेको पाइयो ।
सम्मानित प्रेस काउन्सिल नेपाललाई स्पष्ट पार्न चाहन्छौं कि, समाचारको विषयलाई लिएर कुनै बार्गेनिङ नगरेको, उल्टै उनले समाचार रोक्नुस्, मैले के गर्नुपर्छ भनि हाल्नुस् भन्दै आर्थिक प्रलोभन दिइरहेका थिए । यदि हामीले बार्गेनिङ गर्ने थियौं भने समाचार प्रकाशित गर्नुका साथै नियमनकारी निकायलाई पटक पटक जानकारी किन गराउने थियौं । प्रशंगबस अन्य विषयमा आर्थिक कुरा पनि उठेको हुनसक्छ, तर बार्गेनिङ भने होइन ।
राज्यलाई नै ठगी गर्ने गरी गैरकानुनी काम गर्नुका साथै समाजमा अपाच्य गतिविधि गर्ने जस्ता विभिन्न व्यक्ति र संस्थाको विषयलाई उठाई समाचार प्रकाशित गर्नु पत्रकारिताको धर्म हो । यस्तो धर्म निभाउने क्रममा सानातिना गल्ती कम्जोरी हुनसक्छ । तर, विना दर्ता खुल्लम खुल्ला बालबालिकाको प्रयोग गरी संचालित हुँदै आएको भिआई स्पा एण्ड हेल्थ क्लवलाई कारबाही कसले गर्ला ?