पर्यटनमन्त्री काम छाडेर स्टण्डमा लागेका छन्: प्रेम आले

फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती स्टण्डमा लागेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले मन्त्री किरातीलाई स्टण्ड छाडेर काममा लाग्न सुझाव दिए।

राजस्व संकलन र चुहावटमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ।