नेपाल टेलिकमले भन्यो आफ्ना कुनै पनि शाखामा जागिर खुलाएको छैन

काठमाडौं। नेपाल टेलिकमले आफ्ना कुनै पनि शाखामा जागिर नखुलेको र सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको बताउँदै कम्पनीको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको बताउँदै कम्पनीको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रवक्ता शोभन अधिकारीका अनुसार कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेको छ।

अधिकारले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन आग्रह गरेका छन् ।