२०४७ सालयताका मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छ: नेता वामदेव

काठमाडौं। राष्ट्रियसभा सदस्य तथा पूर्वगृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण निकै ठूलो अपराध भएको उनले बताए। बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले त्यसमा संलग्न जोकोहीलाई नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने धारणा राखेका छन्।

२०४७ सालयता भएका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाइ थियो। सांसद गौतमले सरकारले सो प्रकरणका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै सरकारलाई धन्यवाद दिए।