सर्वोच्चमा रविविरुद्ध मुद्दा,सांसद पद फेरि धरापमा: ढाकाबाट डीपी र मुकुलले तीन करोड लिएको खुलासा

फाइल तस्वीर

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा दायर भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

यो मुद्दाको पेसी आगामी १७ गतेका लागि तोकिएको सर्वोच्चले बताएको छ । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले रविको सांसद योग्यतासम्बन्धि रिटमा संवैधानिक र कानूनी प्रश्न निरुपन गर्नुपर्ने भन्दै दरपीठ बदर गरिदएका हुन्।

युवराज पौडेल सफलले रवि गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

गत वैशाख २५ मा पेस भएको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए। रजिस्ट्रारको दरपीठ गर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए।

उक्त निवेदनमाथि आदेश दिँदै सर्वोच्चले भनेको छ,निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको देखिँदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०/०१/२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ।

रविका मान्छेलाई सांसद बन्न ढाकाकुमारले बुझाए तीन करोड

ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकट मानिने पार्टी उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले करिब तीन करोड लिएको खुलासा भएको छ।

आफूलाई समानुपातिक सांसद बनाउदा रास्वपाले आर्थिक सहयोग चाहिने भन्दै रकम माग गरेको ढकालले जनशआस्थासँग खुलासा गरेका हुन्।

आर्थिक अपचलन, भ्रष्टाचारविरुद्ध लड्ने बताउने गरेको रास्वपाले नै सांसद बनाउन करोडौं रकम लिएको आरोप लागेपछि सर्वसाधारणले भने रवि र रास्वपाप्रति कटाक्ष गर्न थालेका छन् ।

ढाकाले जनआस्थासँग गरेको भनिएको कुराकानी अनुसार पार्टी कार्यालय र रेस्टुरेन्टमा पुगेर पैसा दिएको आरोप लगाएका हुन्।

रास्वपाले ढाकाकुमारलाई विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न रकम मागेको आरोपमा कारबाही भोगेपछि उनी सांसद छैनन्।सर्वोच्चमा मुद्दा विचाराधिन रहेकाले अहिले नै के हुन्छ भन्न सकिने अवस्था भने छैन्।

प्रचण्डको मुटु चेक गर्छु भनेका रविले ढाकाको आरोपमा के गर्लान ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन प्रणली खर्चिलो भएको दाबी गरेका छन्।अन्य पार्टीमा टिकट पाउन थुप्रै खर्च हुने गरेको दाबी गरेका रविले आफ्नो पार्टीका समानुपातिक सांसद बनाउदा करोडमा डिल भएको विषय भने विर्सिएका छन्।

रास्वपामा समानुपातिक सांसद बन्न ढाकाकुमार श्रेष्ठले करिब तीन करोड बुझाएको आरोप लगाएका छन्। ढाकाले सांसद बन्न गरेको भनिएको खर्चलाई भने रविले कसरी हेर्छन् भन्ने प्रश्न उब्जिएको छ।

संसद बैठकमा उचालिएका रविको पार्टीमाथि लागेको आरोपको अनुसन्धान होला रु प्रश्न उठेको छ। यस्तै, रविले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकाहरुमाथि छानविनको माग गरेका छन्।

यो प्रकरणमा अनुसन्धान सहि ढंगले नभएको शंका गरेका उनले प्रधानमन्त्री प्रचण्डको मुटु काँपेको आरोप लगाउदै अस्पतालमा लगेर चेक गराउन चाहेको भन्दै व्यङ्ग्य समेत कसेका छन्।