सार्वजनिक यातायातको भाडा घट्यो, कुन रुटमा कति भाडा?

काठमाडौं । सार्वजनिक यातायातको भाडा घटेको छ। बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हाे।

५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसँगै नयाँ भाडादर लागु भएको छ ।

काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुबाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ।

यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम २० रूपैयाँ भाडा तिर्नु पर्थ्यो। अब भने न्यूनतम भाडा १९ रूपैयाँ हुनेछ।

यसअनुसार उपत्यकाभित्र १० किलोमिटरसम्मको २७ रुपैयाँको भाडाको सट्टा २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँको सट्टामा ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँको सट्टा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दुरीमा ४० रुपैयाँको सट्टामा ३८ रुपैयाँ भाडा कायम भएको छ।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ।

यस्तै प्रदेशभित्र चल्ने मालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ।