प्रचण्ड समकक्षीसँग वार्ता गर्न जानुभएको हो कि ? कर्मचारीसँग: नेता भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न उठाएका छन्।

भ्रमणको पहिलो दिन बुधबार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रश्न गरेका हुन्।

उनले प्रधानमन्त्री समकक्षीसँग वार्ता गर्न गएका हुन् कि कर्मचारीसँग भनेर प्रश्न गरे।

‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्ड समकक्षी प्रधानमन्त्रीसँग वार्ता गर्न जानुभएको हो कि ? भारतीय कर्मचारीसँग ? उनले ट्विटरमा लेखेका छन्।