तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। सुनको भाउ लगातार तेस्रो कारोबार दिन पनि बढेको छ।

शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ।

१८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो।

१७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो।

बजेट घोषणापछि सरकारले वृद्धि गरेको कारण सुनको मूल्य प्रति १० ग्राममा ३ हजार ९ सय रूपैयाँले बढेको थियो।

बजेट पछिको तीन दिनमा सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढिसकेको छ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर शुक्रबार १ हजार ३५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको थियो।