छेडागाड नगरपालिकाले भन्यो तथ्यहिन समाचार प्रकाशित गरिएको प्रति गम्भिर ध्यानाकर्षण (विज्ञप्तिसहित)

काठमाडाैं। छेडागाड नगरपालिका जनप्रतिनिधि र निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले होटल व्यवसायीसँगको मिलेमतोमा बढी रकमको बिल बनाएर भुक्तानी गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएकाेप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।  

  जाजरकोटकाे छेडागाड नगरपालिकाका कर्मचारीले जनप्रतिनिधिलाई छक्याएर अनियमितता गरेको समाचार प्रकाशित भएपछि अधिकृत रोकायले त्यसकाे प्रतिबाद गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिले खाना–खाजा खाएको नक्कली बिल बनाएर घोटाला गरेकाे आरोप लागेको थियो।  

नगरपालिका कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न कार्यक्रमहरु र त्यसमा भएकाे भुक्तानीका विषयमा विभिन्न सञ्चार माध्यामबाट प्रकाशित सामाचार र सामाजिक संजालमा नकारात्मक टिप्पणीहरु सार्वजनिक गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएकाे छ।

विषम परिस्थितिमा विषयलाई अति रञ्जितगरि प्रचारवाजिले जनप्रतिनिधि, इमान्दार राष्ट्रसेवक कर्मचारीको नैतिकता माथि प्रश्न चिन्ह खडा भएको र काम गर्ने मनोबल समेत कम्जोर हुने वातावरण सृजना हुने भएकाले तथ्य हिन समाचार र प्रचारबाजीको पछि नलाग्न सम्पूर्णलाइ विशेष आग्रह गरिएकाे छ।  

  कार्यपालिका बैठकमा आर्थिक पारदर्शिता शुशासनका बारेमा ब्यापक छलफल भई केही अस्वाभाविक र कानुन बिपरित हुने गरेका चालु खर्च संग सम्बन्धित बिल भरपाई छानबिन गर्न भनि कार्यपालिका स्तरमा जाँचबुझ समिति गठन समेत गरि सो बारे यथार्थ सार्वजनिक गर्ने कार्यपालिका बैठकको निर्णय गरेकाे उल्लेख छ।

यस परिघटनाका सम्बन्धमा संवैधानिक निकायमा उजुरी समेत परेकाले सो बारे तथ्यगत सुचना र विवरण प्रक्रिया अनुसार प्राप्त हुने सबैमा जानकारी गराइएकाे छ।